scheduleमगलवार आश्विन २८ गते, २०७६

प्रहरीलाई चक्कु प्रहार गर्ने दुईजना पक्राउ

डडेल्धुरा, ३ असोज । प्रहरीलाई चक्कु प्रहार गर्ने २ जनालाई डडेल्धुरा प्रहरीले पक्राउ गरेको छ । डडेल्धुराको अमरगढी नगरपालिका–९ ढाँटगाउँका २५ वर्षका राजेश पाल र सोहि ठाउँका २३ बर्षिय रमेश पाललाई पक्राउ गरिएको डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधीराम न्यौपानेले जानकारी दिए ।

बुधबार अमरगढी नगरपलिका–७ पोखरास्थित बुन्ढुनी पर्व मनाउने क्रममा दुवैले मादक पदार्थ सेवन गरि बजारमा गाली गलौज गर्दै हिडिरहेको अवस्थामा प्रहरीले सम्झाई बुझाई गर्न खोज्दा प्रहरीलाई चक्कु प्रहार गर्न खोजेका थिए ।

उनीहरुलाई बुधबार नै नियन्त्रणमा लिइएको डडेल्धुरा प्रहरीले जनाएको छ । उनीहरुमाथि ‘सार्वजनिक शान्ति विरुद्ध’को मुद्दा चलाई आवश्यक अनुसन्धान भईरहेको न्यौपानेले जानकारी दिए।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage