scheduleमगलवार आश्विन २८ गते, २०७६

मनास्लु जाने पर्यटकलाई गोरखा हुँदै लैजाने पहल थालियो

गोरखा, ३ असोज । वर्षेनी आठ हजार विदेशी पर्यटक गोरखाको मनास्लु पदमार्गमा पुग्छन् । उनीहरुलाई गोरखा सदरमुकाम भएर लैजाने विषयमा गोरखा सदरमुकामका उद्योगी व्यवसायीले पहल थालेका छन् । केहिवर्ष पहिले मनास्लु जाने पर्यटक गोरखा सदरमुकाम हुँदै जान्थे । बजारमा विदेशीको चहल पहल बाक्लो थियो ।

व्यापार व्यवसाय पनि राम्रो थियो । स्थानीयले रोजगारी पाएका थिए । अहिले पर्यटक सिधै धादिङ भएर बसमा जान्छन् । त्यसरी मनास्लु पुग्ने पर्यटकलाई गोरखा बजार भएर लैजाने पहल गोरखा उद्योग बाणिज्य संघले शुरु गरेको संघका अध्यक्ष जीवनज्योति श्रेष्ठले बताए । उद्योगी व्यवसायी मात्रै होईन, गोरखाका स्थानीय पनि मनास्लु जाने पर्यटक गोरखा हुँदै जाऊन् भन्ने चाहन्छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमूख नरेन्द्र लामा पनि गोरखा सदरमुकामलाई ‘गेट वे’ बनाएर मनास्लुमा पर्यटक पठाउन सकिने बताउछन् ।

पदमार्ग निर्माण गर्ने र बासस्थानको उचित व्यवस्था गरी राम्रो गाईडसहित सुरक्षा दिन सके पर्यटकलाई गोरखा सदरमुकाम हुँदै मनास्लु पठाउन सकिने पर्यटन व्यवसायीको भनाइ छ । जिल्ला आएका पर्यटकलाई टिकाउने र मनास्लु जाने पर्यटकलाई पनि गोरखा हुँदै लैजाने गरि दिर्घकालिन योजना बनाएर काम गर्न स्थानीय जनप्रतिनिधी पनि उत्साही देखिएका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage