scheduleमगलवार आश्विन २८ गते, २०७६

‘पृथ्वी बचाऔं’ भन्दै विश्वभर लाखौं विद्यार्थी सडकमा

एजेन्सी, ३ असोज । शुक्रबार विश्वभरका लाखौं विद्यार्थी तथा वातावरण संरक्षणकर्ता जलवायु परिवर्तनको मुद्दालाई तत्काल समाधान गर्न भन्दै विशाल प्रदर्शनमा सहभागी हुँदैछन् ।

आज न्युयोर्क, लण्डन र पेरिस जस्ता विश्वका प्रमुख शहरमा जुलुस र र्‍याली आयोजना गरिने भएको हो । शुक्रबारको प्रदर्शन हालसम्मकै ठूलो हुने बताइएको छ । आजको प्रदर्शनमा विश्वभरका लाखौं विद्यार्थीहरु सहभागी हुने जनाइको छ । साथै विद्यार्थीसहित श्रमित तथा मानवीय संघसंस्था, वर्यावरणसम्बन्धी संगठन र विश्वका प्रमुक कम्पनीका कर्मचारी समेत सहभागी हुने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

विश्वव्यापी जलवायु प्रदर्शनको नेतृत्व गरिरहेकी स्विडेनकी १६ वर्षीया ग्रेटा थनबर्गका अनुसार करिब १३९ मुलुकमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । सेप्टेम्बर २३ मा संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा हुन गइरहेको जलवायु सम्मेलनपूर्व नै विभिन्न कार्यक्रम आयोजना गरिएको थनबर्गको भनाइ छ ।

विभिन्न मुलुकका राजनीतिज्ञ र नीतिनिर्मातालाई जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधानका लागि ठोस कदम चाल्न दबाब दिने उद्देश्यले आज शुक्रबार र सेप्टेम्बर २७ मा विश्वव्यापी प्रदर्शन गर्न लागिएको आयोजकहरुले बताएका छन् ।

वातावरण संरक्षणका लागि नयाँ विश्वव्यापी सम्झौता हुनुपर्ने, जैविक इन्धन उत्खनन कार्य तत्काल रोक्नुपर्ने, प्रकृतिको संरक्षण र प्रबर्द्धन गर्नुपर्ने र दिगो कृषिमा जोड दिनुपर्ने विषयलाई आजको प्रदर्शनमा प्रमुखताका साथ उठाइने भएको छ ।

यता अष्ट्रेलियाको मेलबर्नमा जलवायु परिवर्तनको समस्या समाधान गर्न भन्दै विशाल प्रदर्शन सुरु भइसकेको छ । प्रदर्शनलगत्तै मेलबर्नको संघीय संसदका सदस्य तथा ग्रिन्स पार्टीका सांसद एडम बान्ड्टले आफ्नो ट्विटमा ‘ मेलबर्नमा विशाल सहभागिता, १ लाखभन्दा बढी मानिस सहभागी’ भनेर उल्लेख गरेका छन् ।

आज हुन लागेको जलवायु परिवर्तनसम्बन्धी प्रदर्शन तेस्रो पटक हुन लागेको हो । गत मार्चमा भएको पहिलो प्रदर्शनमा १६ लाख मानिस सहभागी भएका थिए । जलवायु परिवर्तनबाट उत्पन्न संकटलाई निर्णायक कदम चाल्न माग गरिएको थियो । त्यस्तै दोस्रो प्रदर्शन मे महिनामा आयोजना गरिएको थियो ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage