scheduleमगलवार आश्विन २८ गते, २०७६

टुँडिखेलस्थित सैनिक मञ्चमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

काठमाडौं, ३ असोज । संविधान दिवसका अवसरमा शुक्रबार राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधान दिवस मूल समारोह समितिद्वारा आयोजित समारोहमा नेपाली सेनाद्वारा सलामी दिइएको थियो ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत सहभागी थिए ।

उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६’ लेखिएको व्यानर अङ्कित झण्डा प्रदर्शन गरिएको थियो ।


तस्वीरहरु : रासस
 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage