scheduleशनिवार कार्तिक २ गते, २०७६

मुलुकले काँचुली फेर्छ, हाम्रा सपना पूरा हुन्छन्-हुन्छन्ः प्रम ओली


काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले काँचुली फेर्ने प्रतिवद्धता दोहोर्‍याएका छन् । उनले त्यसका लागि सबैलाई धैर्य गर्न विशेष आग्रह गरे ।

संविधान दिवसको अवसर पारेर काठमाडौंको सैनिक मंच, टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई काँचुली फेर्ने अभियानको नेतृत्वमा आफू रहेको उल्लेख गर्दै नेपाली जनताको दशकौंको सपना पूरा हुने दावी गरेका हुन् । ‘संविधान दिवसको अवसर पारेर म फेरि प्रतिवद्धता जाहेर गर्दछु, मुलुकले काँचुली फेर्छ, हाम्रा सपनाहरु पूरा हुन्छन्–हुन्छन्,’ उनले भने, ‘यस अभियानको नेतृत्वमा म छु ।’

उनले यसका लागि धैर्य गर्न आग्रह गरे । ‘अढाई दशकदेखिको खजमजिएको थिति, अढाई वर्ष नपुग्दै दुरुस्त किन भएन भन्ने जस्ता प्रश्नहरुमाथि एक चोटी पुनर्विचार गरौं,’ उनले भने ।

प्रधानमन्त्री ओलीले मुलुक बनाउने ठोस आधार पनि प्रस्तुत गर्दै भने, ‘हामीसँग हालसम्म दोहन नगरिएका प्राकृतिक स्रोत छन् । अनुकूल जलवायु छ । राजनीतिक स्थिरता छ । तपाईंहरुको मतबाट बनेको बलियो सरकार छ । युवा क्रियाशील जनशक्ति ठूलो छ ।’

यसैलाई परिचालन गरेर मुलुकको काँचुली फेर्ने प्रधानमन्त्री ओलीले आफ्नो योजना सुनाए । उनले युवा पुस्ता छिप्पिनु अघि नै विकासको तीव्र गतिको दौड पूरा गर्नुपर्नेमा जोड दिए ।

जनताको मुर्छित सपनाहरुलाई साकार पार्न सरकार दृढतापूर्वक लागि परेको पनि प्रधानमन्त्री ओलीले जिकिर गरे । उनले संविधान कार्यान्वयनको सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्ष नहुन पनि आह्वान गरे ।

संविधान विरोधी गतिविधिमा संलग्न नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई पनि मूलधारमा आउन ढिलाई नगर्न आग्रह गर्दै उनले भने, ‘हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थाहरुलाई पनि यसले यसै अवधिमा मूलधारमा फर्काउन सफल भएको छ ।’

उनले अगाडि थपे, ‘जो अझै बाटो भुलिरहेका छन्, उनीहरुले पनि मूल धारमा आउन ढिलाई गर्नु हुन्न ।’ प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलनको चरण समाप्त भएको उल्लेख गर्दै राजनीतिको नाममा शान्ति, सुरक्षा र मुलुकको राष्ट्रिय एकतालाई खल्बल्याउने खालका संविधान र कानुन विपरितका गतिविधिलाई सरकारले कडाईका साथ रोक्ने चेतावनी पनि दिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage