scheduleमगलवार आश्विन २८ गते, २०७६

संविधान दिवसको अवसरमा साबित्रीसहित १५ जना खेलाडी सम्मानित

काठमाडौं, ३ असोज । राष्ट्रपतिले संविधान दिवसको अवसर पारेर शुक्रबार १५ जना खेलाडीलाई सम्मान गर्ने भएकी थिइन् ।

संविधानको अवसरमा पदकबाट विभुषित गर्ने व्यक्तिहरुको नाम घोषणा गर्दा खेल क्षेत्रबाट १५ जना समेत परेका छन् ।सम्मानित हुने सूचीमा फुटबलबाट राष्ट्रिय महिला टोलीका प्रशिक्षक हरि खड्का, कप्तान निरु थापा र टोलीकी सबैभन्दा सफल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ परेकी छिन् ।

प्रशिक्षक खड्कालाई सुप्रबल जनसेवा श्री तृतिय श्रेणीबाट सम्मानित गरिने भएको छ । त्यस्तै हालै मात्र नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने अनु लामाको कीर्तिमानसँग बराबरी गरेकी सावित्राले जन सेवा श्री पञ्चम श्रेणी सम्मान पाउने छिन् । त्यस्तै कप्तान निरुले सुर्किती पदकबाट सम्मानित हुने भएकी छिन् ।

प्रशिक्षक खड्कासहित सुप्रबल जनसेवा श्री तृतिय श्रेणी पदक पाउनेमा करातेका प्रशिक्षक दीपक श्रेष्ठ, भारोत्तोलनकी टिकाकुमार पुन, रेस्लिङकी भगवती खड्का छन् ।

सावित्रासहित जन सेवा श्री पञ्चम श्रेणी सम्मान पाउने घोषणा भएका खेलाडीमा अजय तामाङ, एसियन जुनियर एथलेटिक्स च्याम्पियन अजितकुमार यादव, हालै दुबई ओपन जितेर फर्केका ब्याडमिन्टनका प्रिन्स दाहाल, शारीरिक सुगठनका महेश्वर महर्जन, क्रिकेटका सोमपाल कामी र विशेष खेलकुदकी महिमा कोइराला छन् ।

त्यस्तै कप्तान निरुसहित सुर्किती पदक पाउनेमा पौडीकी गौरिका सिंह, भलिबलकी रेश्मा भण्डारी, गल्फका टंकबहादुर कार्की र बक्सिङका पुरन राईलाई सरकारले सुर्किती पदकबाट सम्मानित गर्ने जनाएको छ ।

शुक्रबार राष्ट्रपतिद्वारा विभिन्न क्षेत्रबाट ६ सय ३४ जनालाई विभिन्न पदकबाट सम्मान गर्ने कार्यक्रम छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage