scheduleमगलवार आश्विन २८ गते, २०७६

मुख्यमन्त्री पौडेल भन्छन्- संविधान मुलुक परिवर्तनको मेरुदण्ड

हेटौंडा, ३ असोज । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले  संविधान मुलुक परिवर्तनको मेरुदण्ड भएको बताएका छन् । संविधान दिवसको अवसरमा शुक्रबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै पौडेलले परम्परागत रुपमा चल्दै आएको शासन प्रणालीलाई भत्काएर नयाँ व्यवस्थाको सुत्रपात संविधानले गरेको बताएका हुन् ।

नेपाली जनताको चाहाना र आकांक्षा अनुसार संविधान सभाबाट जारी भएको संविधानकै कारण अहिले मुलुक संघीय राज्य प्रणालीमा रहेको उनले स्मरण गरे  । उनले संविधानले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने गरी दिशानिर्देश गरेको उल्लेख गरे ।

अहिलेको संविधान प्राप्त गर्नुमा नेपाली जनताले पटकपटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष र बलिदानको गौरवपूर्ण इतिहास भएको बताए । यस अवसरमा ऐतिहासिक आन्दोलनहरुमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहीद तथा बेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गर्नु सरकारको परम कर्तव्य भएको उनको भनाई थियो  ।

संविधान दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोईराला, मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, संघीय सांसद बिरोध खतिवडा, प्रदेशका आन्तरीक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल, भूमि, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश सांसदहरु लगायतको सहभागिता रहेको थियो ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage