scheduleशनिवार कार्तिक २ गते, २०७६

सिटौलाको आग्रह- संविधानको आलोचना मात्रै नगर्नुहोस्


काठमाडौं, ३ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको आलोचना मात्रै नगर्न असन्तुष्ट पक्षलाई आग्रह गरेका छन् ।

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले संविधान कार्यान्वयनमा त्रुटि भए सच्याउँदै लैजान सकिने धारणा राखे । उनले संविधानको आलोचना गरेर मात्रै नहुने तर्क गरे ।

काँग्रेस नेता सिटौलाले संविधानसभाबाट निर्माण भएको संविधानलाई केही पक्षले पूराना संविधानहरुसँग तुलना गरिरहेको भन्दै आपत्ति पनि जनाए । जनताको ठूलो संघर्षबाट बनेको संविधानलाई पञ्चायत र राणाकालमा बनेको संविधानसँग तुलना गर्नै नसुहाउने उनको तर्क छ ।

संविधानका मस्यौदाकार समेत रहेका नेता सिटौलाले संविधान परिवर्तनीय दस्ताबेज भएकाले यसलाई समयको माग अनुसार परिमार्जन गर्दै लैजान सकिने पनि स्पष्ट पारे ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage