scheduleशनिवार कार्तिक २ गते, २०७६

संविधानमाथि असन्तुष्टि जनाउनुको कुनै तुक छैनः नेम्वाङ


काठमाडौं, ३ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानमाथि असन्तुष्टि जनाउनुको कुनै तुक नरहेको बताएका छन् ।

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेम्वाङले मधेशवादी दलहरुको समेत क्रियाशीलतामा बनेको संविधानमाथि असन्तुष्टि जनाउनुको कुनै तुक नरहेको पनि स्पष्ट पारेका हुन् । उनले संविधान कार्यान्वयनमा केन्द्रित हुन सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।

उनले संविधानमा मधेशवादी दलहरुको असन्तुष्टि भए सम्बोधन गरेर अघि बढ्न सकिने बताए । तर त्यो काम संविधान बमोजिम हुने उपनेता नेम्वाङको भनाई छ ।

उनले संविधान निर्माणमा सबैको योगदान रहेकाले त्यसको कार्यान्वयनमा पनि सबै दलहरुको सहयोग हुनुपर्ने पनि बताए । उपनेता नेम्वाङले संविधानमा कुनै कुरा सुधार गर्न परे त्यसमा खुलेर बहस गर्न सकिने पनि बताए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage