scheduleशनिवार कार्तिक २ गते, २०७६

देउवाको चेतावनी- संविधानको भावनाविपरितका कुनै पनि विधेयक मान्य हुँदैन

फाइल फोटो

काठमाडौं, ३ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधानको भावना विपरित ल्याएको कुनै पनि विधेयक मान्य नहुने चेतावनी दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले संविधानको मूलभूत सिद्धान्तमाथि दाँयाबाँया नगर्न पनि सरकारलाई सचेत गराए । संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको भावना विपरित सरकारले मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगसम्बन्धि विधेयक ल्याएको उल्लेख गर्दै त्यसमा सहमति जनाउन नसकिने कुरा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भनी सकेको जानकारी दिए ।

‘मैले प्रधानमन्त्रीलाई भनेको छु, निर्बाध बोल्ने, लेख्ने संविधानले ग्यारेन्टी गरेको अधिकार पनि हनन् हुने गरी सरकारले विभिन्न विधेयकहरु ल्याएको छ,’ सभापति देउवाको भनाई थियो, ‘त्यस्ता विधेयक ल्याएर संविधानलाई लंगडो बनाउन पाईदैन ।’

उनले संविधान विश्वकै समावेशी भएपनि त्यसलाई लंगडो बनाउने, संविधानको मूलभूत मान्यतालाई दायाँबायाँ गर्ने काम सरकारबाट हुनै लागेको भन्दै आपत्ति पनि जनाए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage