scheduleबिहिवार जेष्ठ २२ गते, २०७७

आधा गिलास खाली नभरी संविधान सर्वस्वीकार्य हुँदैनः डा. भट्टराई


काठमाडौं, ३ असोज । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानमा रहेको अपूर्णता पूरा नगरी सर्वस्वीकार्य हुन नसक्ने बताएका छन् ।

शुक्रबार समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधानमा रहेका कमजोरीलाई सच्याउने र सवल पक्षको रक्षा गर्न समाजवादी पार्टीको उद्देश्य रहेको स्पष्ट पारे ।

‘संविधान घोषणा गर्ने बेला आफूले भनेको संविधान ‘आधा गिलास भरी, आधा गिलास खाली’ को भनाईमा मेरो अडान यथावत छ,’ उनले भने, ‘बाँकी आधा गिलास भरेपछि मात्र स‌ंविधान सर्वस्वीकार्य हुन्छ ।’

Dish_Home

उनले स‌ंघीयता भएपछि पहिचान किन चाहियो भनेर प्रश्न गर्नेहरुलाई जवाफ दिँदै भने, ‘पहिचान भएर नै संघीयता हुने हो, पहिचान बिना संघीयता नै हुँदैन ।’

उनले नागरिकतामा छोरा र छोरीबीच समान व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले विदेशी ज्वाइँ वा बुहारी आएर देश खाइदिन्छ भनेर डराउनु नपर्ने भन्दै सरकारको ध्यानाकर्षण गरे ।

‘अहिलेको युगमा छोरा र छोरीबीच विभेद गर्न हुँदैन । कि त दुबैलाई तत्कालै (नागरिकता) दिऔं, कुनै आकाश खस्दैन । छोराछोरी आफ्नै देशमा राख्न सकेका छैनौं, सबै विदेशतिर गएर देश खाली हुन थाल्यो’ उनले प्रश्न गरे, ‘विदेशीले ज्वाइँले देश भरिन्छ, बुहारीले यो देश खाइदिन्छ भनेर किन डराउनुपर्‍यो ? जब छोराछोरी त देशमा बस्दैनन् भने ज्वाइँ र बुहारीसँग किन डराउनुपर्‍यो ?’

कार्यक्रममा बोल्दै समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान दिवसको उत्सव मनाउने र कालो दिनको रुपमा मनाउनेहरुलाई समाजवादी पार्टीले जोड्न चाहेको बताए ।

उनले संविधान दिवसलाई उत्सव पनि नमनाउने र कालो दिवस पनि नमनाउने पार्टी नीतिको बचाउ गर्दै भने, ‘हामीले एकप्रकारको भद्र अवज्ञाको बाटो लिएका छौं ।’

‘एउटा बच्चालाई दुईटा आमाले दावी गर्छन्, न्यायाधीशले आधाआधा काटेर लिन आदेश दिएपछि सक्कली आमाले बरु बच्चा मलाई चाहिँदैन, बच्चा नकाट भनेजस्तै भयो,’ उनले संविधान घोषणाका दिनहरु स्मरण गर्दै भने, ‘डा. भट्टराईले यस्तै अवस्थामा संविधान घोषणा गर्ने कामको नेतृत्व गर्नुभयो ।’

कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले संविधान परिवर्तनीय दस्तावेज भएकोले संविधान संशोधन अपरिहार्य रहेको बताए ।
‘संविधान संशोधनको माग गर्नेहरुको शक्ति कमजोर हुँदै गइरहेको सत्ताशीनहरुको बुझाई छ,’ उनले भने, ‘यो एजेण्डा उठाउनेहरुले पनि हिजो शक्ति सन्तुलन बिर्सिएर आजको अवस्थालाई मध्यनजर गर्नुपर्छ ।’

समाजवादी पार्टीले शुक्रबार सातै प्रदेशमा संविधान संशोधनको लागि दबाव दिने गरी अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय