scheduleआइतवार जेष्ठ १८ गते, २०७७

संविधान दिवसमा माइतीघरबाट प्रदर्शनकारीको प्रश्न- पृथ्वी नै नरहे कहाँ मनाउने संविधान दिवस ?

काठमाडौं, ३ असोज । राजधानीको टुँडिखेलमा सरकारले सिंगो राज्य शक्ति लगाउँदै तामझामका साथ संविधान दिवस मनाइरहँदा नजिक माइतीघर मण्डलामा केही किशोरकिशोरीहरु लगायतका मानिसहरु हातमा प्ले कार्ड बोकेर उभिइरहेका थिए ।

उनीहरुको हातमा संविधान दिवसको समर्थन वा विरोधका लागि कुनै सामग्री थिएन । उनीहरु त एकप्रकारको जलवायु हड्ताल गरिरहेका थिए । मानवीय क्रियाकलापले पृथ्वी नै ध्वस्त हुन लागिरहेको विरोधमा स्विडेनबाट सुरु भएको अभियान काठमाडौंसम्म आइपुगेको हो ।

Dish_Home

‘मानवीय क्रियाकलापबाट पृथ्वी नै रहेन भने कहाँ मनाउने संविधान दिवस ?,’ प्ले कार्ड बोकेर माइतघरमा उभिएकी एक किशोरीले प्रश्न गरिन् ।

संसारभरका स्कुल पढ्ने केटाकेटीहरु आफ्नो स्कुलको पढाई छोडेर जलवायु परिवर्र्तनको कारण भइरहेको पृथ्वी तातिने प्रकृयालाई १.५ डिग्रीमै सिमित राख्न र त्योभन्दा खतरातर्फ बढ्न नदिन नयाँ आन्दोलनमा छन् । उनीहरु आफ्नो भविष्यलाई सुरक्षित गर्न आफ्नो देशको सरकारहरुसमक्ष दवाव दिनका लागि हड्तालमा उत्रिएका हुन् ।

ग्रेटा थनबर्ग नामक १५ बर्षे स्वीडिस बालिकाले सुरुवात गरेको यो अभियान अहिले संसारभरी फैलिएको जलवायुमैत्री संसार बनाउनका लागि कार्यरत गैरनाफामुलक नेपाली संस्था हिमालयन् क्लाइमेट्स इनिसिएटिभ (एचसिआई) की प्रमुख कार्यकारी अधिकृत शिलशिला आचार्यले जानकारी दिइन् ।

‘जलवायु परिवर्तन अहिले एउटा डरलाग्दो सत्यका रुपमा हाम्रो सामु उभिएको छ । जलवायु परिवर्तनका कारण बाढी, पहिरो, आँधीलगायत विभिन्न दैविप्रकोपहरुले संसारभर सयौं मानिसहरु मार्नुका साथै समुदायहरुलाई तहसनहस पारिरहेका छन्,’ उनले भनिन्, ‘संसारभरका उत्कृष्ट वैज्ञानिकहरुले जलवायु परिवर्तनको सबैभन्दा डरलाग्दो परिणामहरुबाट बच्नका लागि कदमहरु चाल्न हामीसँग १२ बर्षको समयमात्र बाँकी छ भनेर चेतावनी दिंदादिंदै पनि राजनीतिक नेताहरु उनीहरुको चेतावनीलाई बेवास्ता गरिरहेका छन् ।’

‘यदि हाम्रा ठुलाबडाहरुले वैज्ञानिकहरुले भनेको कुरालाई पनि वास्ता गर्दैनन् र त्यो अनुसार काम गर्दैनन् भने हामी बच्चाहरु स्कुल गएर, ती तथ्यहरुको बारेमा जानेर के फाइदा ?,’ आचार्यले प्रश्न गर्दै भनिन्, ‘त्यसैले ग्रेटा र नेपाललगायत विश्वभरिका उनीजस्तै विद्यार्थीहरु हरेक स्कुलबाट बाहिर निस्केर हाम्रा नेताहरुलाई हाम्रो भविष्यप्रतिको चिन्ता बुझाउन र उनीहरुलाई नेतृत्व कसरी गर्नुपर्छ भन्ने पाठ सिकाउनका लागि हड्ताल गरिरहेका छौं ।’

आजजस्तै आगामी शुक्रबार पनि जलवायु हड्तालको सांकेतिक कार्यक्रम आयोजना गरिएको आचार्यले जानकारी दिइन् । प्रदर्शनमा स्कूले विद्यार्थीहरुको समूह सखाः नेपाल, एचसिआई र क्याम्पसका विद्यार्थीहरुको समूह हरिण नेपालसम्वद्ध किशोरकिशोरीहरु भेला भएका थिए ।
आजै विश्वभरका लाखौं विद्यार्थी तथा वातावरण संरक्षणकर्ता जलवायु परिवर्तनको मुद्दालाई तत्काल समाधान गर्न भन्दै विशाल प्रदर्शनमा सहभागी भएका छन् ।

आज न्युयोर्क, लण्डन र पेरिस जस्ता विश्वका प्रमुख शहरमा जुलुस र र्‍याली आयोजना गरिएको हो । विश्वभरका लाखौं विद्यार्थीहरु सहभागी कार्यक्रममा श्रमिक तथा मानवीय संघसंस्था, वर्यावरणसम्बन्धी संगठन र विश्वका प्रमुक कम्पनीका कर्मचारी समेत सहभागी भएका अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

विश्वव्यापी जलवायु प्रदर्शनको नेतृत्व गरिरहेकी स्विडेनकी १६ वर्षीया ग्रेटा थनबर्गका अनुसार करिब १३९ मुलुकमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । सेप्टेम्बर २३ मा संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा हुन गइरहेको जलवायु सम्मेलनपूर्व नै विभिन्न कार्यक्रम आयोजना गरिएको थनबर्गको भनाइ छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय