scheduleबुधवार आश्विन २९ गते, २०७६

सचिवालय बैठक बस्दै सत्तारुढ नेकपा, यस्ता छन् एजेन्डाहरु

फाइल फोटो

काठमाडौंँ, ४ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार सचिवालयको बैठक बोलाएको छ । नेकपाका अध्यक्षद्वय क्रमशः केपी शर्मा ओलीको व्यस्तता र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्वस्थताका कारण यसअघि बिहीबार बोलाइएको बैठक स्थगित भएको थियो ।

प्रचण्डको प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार उक्त स्थगित बैठक आजका लागि बोलाइएको हो । शनिबार बस्ने बैठकमा प्रदेश २ को नेकपा देखिएको विवाद र एकता प्रक्रियाका बाँकी काम टुङ्ग्याउनेबारे छलफल गरिने उक्त पार्टीले जनाएको छ ।

त्यस्तै, बैठकमा पार्टीको लेखा आयोग, प्रवास कमिटी, अनुशासन आयोग लगायतका विभिन्न सङ्गठनको समायोजन तथा कार्यविभाजनको बारेमा पनि बैठकमा छलफल हुनेछ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage