scheduleमगलवार आश्विन २८ गते, २०७६

दिदीमा बुबाको गुण, ममा आमाको गुण छः आलिया


मुम्बई, ४ असोज । अभिनेत्री आलिया भट्ट किशोरी रहुञ्जेल पनि आफ्नो बाबुले समय नदिएको गुनासो गर्थिन् । समय बदलिएको छ, आफू पनि फिल्म क्षेत्रमा अभ्यस्त भएपछि उनले फिल्म क्षेत्रलाई मात्रै बुझिनन्, सँगसँगै आफ्नो पितालाई पनि बुझिन् ।

७१ वर्षीय चर्चित निर्माता निर्देशक महेश भट्टकी छोरी हुन् आलिया । उनी पहिलो पटक बुबाले निर्देशन गरेको ‘सडक’ फिल्मको सिक्वेलमा काम गरिहेकी छन् ।

सँगै काम गर्दा उनले आफ्नो बाबुलाई झन् नजिकबाट चिन्न पाइन् । बुढेसकालमा पनि आफ्नो पिताको कामप्रतिको लगाव र समर्पणले उनी अचम्भित छिन् । साथमा, उनलाई बाबुप्रतिको सम्मान बढेको महसुस पनि भएको छ ।

यसअघि सडकमा उनकी दिदी पूजा भट्ट नायिका थिइन् । सडकको नयाँ सिक्वेलको साथमा काम गरेपछि उनले भनेकी छिन्, ‘बच्चा हुँदा बुबाले समय नदिएकोमा गुनासो हुन्थ्यो, फिल्म क्षेत्रमा यत्रो वर्ष गुजारेपछ बल्ल बुबाले समय नदिनुको कारण थाहा भयो ।’

उनले अगाडि थपेकी छिन्, ‘मेरो बचपनको धेरै समय आमासँग वित्यो । बुबा आफ्नै काममा व्यस्त हुने भएकाले बचपनमा हामीले उहाँबाट धेरै समय पाउन सकेनौं ।’

सँगै काम गरेपछि बुबाको प्रसंशामा धेरै शब्दहरु खर्च गरेकी उनले समयमै काम गर्ने बानी बुबाबाट सिकेको अनुभव बाँढिन् । उनी भन्छिन्, ‘बुबाको धेरै गुण दिदी पुजा भट्टमा रहेको छ । ममाचाँही आमाको गुण धेरै छन् ।’

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage