scheduleमगलवार आश्विन २८ गते, २०७६

साउथह्याम्पटनको लज्जास्पद हारसँगै बर्नमाउथ तेस्रो स्थानमा


एजेन्सी, ४ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले बर्नमाउथसँग लज्जास्पद हार व्यहोरेको छ । शुक्रबार राति सेन्ट मेरिज स्टेडियममा भएको खेलमा घरेलु मैदानमै साउथह्याम्पटन बर्नमाउथसँग ३-१ ले पराजित भएको हो ।

बल पोजेसन राखेपनि गोल गर्न र विपक्षीको गोल नियन्त्रण गर्न नसक्दा साउथह्याम्टन घरेलु मैदानमा निराश बनेको हो । घरेलु टोलीका जेम्स वार्डले एक गोल गर्दा पाहुना टोलीका लागि नाथक एके, ह्यारी विल्सन र कलुम विल्सनले गोल गरे ।

खेलको १९औं मिनेटमा नाथन एकेले डिएगो रिकोले गोल गरेर टोलीलाई सुरुवाती अग्रता दिलाए । ३५औं मिनेटमा फिलिप विलिङको पासमा ह्यारी विल्सनले अर्को गोल थपेपछि घरेलु टोली पहिलो हाफमै दुई गोलले पछाडि परेको थियो ।

पेनाल्टी अवसरसँगै ५३औं मिनेटमा जेम्स वार्डले गोल फर्काएर घरेलु टोलीलाई राहत दिलाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा कलुम विल्सनले गोल गर्दै बर्नमाउथलाई ३–१ को जित दिलाएपछि घरेलु टोली निराश बन्यो ।

जितसँगै बर्नमाउथ ३ जित, २ हार र १ बराबरीसहित ६ खेलबाट १० अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । पराजित साउथह्याम्पटन ७ अंक जोडेर ११औं स्थानमा झरेको छ ।

अपराजित रहेको लिभरपुलले ५ खेलबाट १५ अंकसहित शीर्षस्थानमा पकड जमाइरहेको छ भने म्यानचेस्टर सिटी १० अंक जोडेर दोस्रो स्थानमा छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage