scheduleशनिवार कार्तिक २ गते, २०७६

दुई आयोगमा चाँडै पदाधिकारी नियुक्त गरिँदै, यस्तो छ तयारी


काठमाडौं, ४ असोज । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको आयोगको पदाधिकारी चाँडै नियुक्त गर्ने तयारी भएको छ ।

पदाधिकारी सिफारिस समितिले केही दिनभित्रमा निर्णय गर्ने र यसबारेमा शीर्ष नेताले छलफल गरी टुङ्ग्याउने तयारी भएको हो । आयोगको पदाधिकारीबारे छलफल र सहमति खोज्न गठित समितिमा नेकपाबाट सदस्य बनेका नेता सुवासचन्द्र नेम्वाङले केही दिनभित्रमा दुवै आयोगले पूर्णता पाउने बताएका छन् ।

नेम्वाङले राजनीतिकरुपमा हस्तक्षेप गर्ने पक्षमा आफूहरु नभएको दावी गरे । दुवै आयोगमा राजनीतिक हस्तक्षेप नरोकिए सिफारिस समितिबाट बाहिरिने चेतावनी राष्ट्रिय मानव अधिकार आयोले यसअघि चेतावनी दिएको थियो ।

संक्रमणकालीन न्यायका संयन्त्र स्वतन्त्र र पीडितमैत्री हुनुपर्ने बताउँदै दलीय हस्तक्षेप भए सिफारिस समितिको निष्पक्षता र वैधतामा प्रश्न उठ्ने भनाई आयोगको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage