scheduleमगलवार आश्विन २८ गते, २०७६

मौसम खबरः देशैभर मौसम बदली रहने पूर्वानुमान


काठमाडौं, ४ असोज । मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभर मौसम बदली रहने जनाएको छ । महाशाखाका अनुसार शनिबार दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रही एकदुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

शनिबार राति देशका मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा वर्षा हुनेछ । देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

हाल देशका मध्य र पूर्वी तराईमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने देशका अन्य भू्-भागमा आंशिकदेखि सामान्य बदलि रहेको छ । हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतर्फ सरेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage