scheduleबुधवार आश्विन २९ गते, २०७६

बार्बाडोसको सहज जित, सन्दीपको मध्यम प्रदर्शन

एजेन्सी, ४ असोज । क्वारेवियन प्रिमियर लिग (सीपीएल) मा बार्बाडोस ट्राइडेन्टसले सेन्ट लुसिया जुक्सलाई ७१ रनले पराजित गरेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोसले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको लुसिया १४.५ ओभरमा १ सय १ रनसहित अल आउट भयो ।

लुसिया जुक्सका लागि हार्डस भिलोजेन ३१ जोड्दा कोलीन डी ग्राण्डहोमले २८ रन मात्र जोड्न सके । बाँकी ब्याट्स्म्यानहरु चल्न सकेनन् ।

बार्बाडोसलाई सहज जित दिलाउन कप्तान जोसन होल्डर र जोशुआ बिशपले समान २ विकेट लिँदा सन्दीप लामिछाने,जोश लालोर र रेमोन रिफरले समान १/१ विकेट लिए ।

सन्दीपले ३.५ ओभरमा २९ रन खर्चेर १ विकेट लिएका हुन् ।

सन्दीपले सातौं ओभरमा बलिङ गर्दै ४ रन खर्चिए भने नवौं ओभरमा ७ रन खर्चिए । उक्त ओभरमा डी ग्राण्डहोम रन आउट पनि भए । १३औं ओभरमा बलिङ गर्दा २ रन मात्र खर्चिए पनि १५ ओभरमा अन्तिम स्पेलमा बलिङ गर्दा  एक विकेट लिन १६ रन खर्चिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage