scheduleमगलवार आश्विन २८ गते, २०७६

कजाकस्तान प्रस्थान गरे सभामुख महरा

काठमाडौं, ४ भदाै । सभामुख कृष्णबहादुर महरा कजाकस्तान प्रस्थान गरेका छन् । युरोसियन मुलुकका सभामुखहरुको बैठकमा भाग लिन सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार बिहान कजाकस्तान प्रस्थान गरेका हुन् ।

उनले यही सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख महरासँगै प्रतिनिधिसभा सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन पनि कजाकस्तान उडेका  छन् ।

 

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage