scheduleशनिवार कार्तिक २ गते, २०७६

मुग्लिङ-नारायणघाट सडक खण्डमा १४ वटा नयाँ पुल बन्ने

काठमाडौं, ४ असोज । नारायणघाट-मुग्लिङ सडकखण्डका पुलको क्षमता विस्तार गरिने भएको छ। सडक विभाग पुल महाशाखाले सडकको आकार अनुरूप पुल विस्तार गर्न लागेको हो।

३६ किलोमिटर नारायणघाट-मुग्लिङ सडकखण्डमा १८ वटा पुल पर्छन्। चारवटा पुल ठेक्का लागेर निर्माणको चरणमा छन्। बाँकी १४ वटा पुल निर्माण गर्न ठेक्का निकालिएको हो। अहिले पनि यही पुल सवारी सञ्चालनका लागि योग्य छन्। तर, सडकको तुलनामा पुल सानो हुँदो दुर्घटनाको जोखिम उच्च छ।

विश्व बैंकको ऋण सहयोगमा मध्यमस्तरको नारायणघाट-मुग्लिङ सडक एसियाली मापदण्डअनुसार विस्तार गरिएको छ। यो सडक २०७५ जेठमा दुई लेनमा विस्तार भइसकेको छ। सडक फराकिलो बनाइए पनि पुल साँघुरो छ।

अहिलेका पुललाई यथास्थितिमा राखेर नयाँ पुल बनाउन लागिएको हो। पुराना पुल भत्काएर नयाँ बनाउँदा सवारी आवागमनमा बाधा उत्पन्न हुन्छ। यो सडक काठमाडौं उत्पयकालाई तराईसँग जोड्ने मुख्यमार्गको रूपमा छ। भारतबाट पनि धेरै सवारी यही बाटो हुँदै काठमाडौं भित्रिन्छन्।

विश्व बैंकको दुई अर्ब ९० करोड सहुलियत ऋणमा नारायणघाट-मुग्लिङ सडक दुई लेनमा विस्तार गरिएको हो। तर, सडकको क्षमताअनुसार पुल नहुँदा सवारी आवागमनमा समस्या छ। २०३६ सालमा बनेका यो सडकका पुल जीर्ण भइसककेको छ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage