scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

अरुण नदीबाट गोताखोर टोली फर्कियो, बेपत्ता यात्रु र जिप पत्ता लागेन

संखुवासभा, ४ असोज । मंगलबार राति अरुण नदीमा जिप दुर्घटना हुदाँ बेपत्ता भएका ६ जना यात्रु र जिप पत्ता नलागेपछि गोताखोर टोली फकिएको छ । गोताखोर टोलीले तिन दिनसम्म खोजी गर्दा पनि बेपत्ता यात्रु र जिप पत्ता नलागेपछि टोली  काठमाण्डौं फकिएको हो ।

बेपत्ता जिप र यात्रुको खोजी गर्न विहिबार गोताखोरको टोली घटना स्थल  पुगेको थियो  ।  बेपत्ताको खोजी गर्न नयाँ प्रविधि नभएका कारण खोजी कार्यमा समस्या भएको टोलीले जनाएको छ । बेपत्ता यात्रुको खोजी चितवनबाट सशस्त्र प्रहरीका वरिष्ठ हवलदार बलराम अधिकारीको कमाण्डमा ४ जना गोताखोरको टोली घटना स्थलमा खटिएको थियो ।

बिरामी बोकेर मंगलबार राति सदरमुकाम खाँदबारी धरान जाँदै गरेको जिप राति साढे १० बजे धर्मदेवि नगरपालिका–८ अक्करको भीरबाट अरुण नदीमा खसेको थियो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage