scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

नेकपा सचिवालय बैठक सकियो, यस्ता छन् निर्णयहरु

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सकिएको छ । शनिबार बालुवाटारमा बसेको बैठकले पार्टीको ६ ओटा महानगरपालिकाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले ६ ओटा महानगरपालिकाका अध्यक्ष र सचिवको जिम्मेवारी टुंगो लगाएको छ । सचिवालयको निर्णयअनुसार काठमाडौं महानगरपालिकाको नेकपा पार्टी अध्यक्ष निर्मल देउजा बनेका छन् भने सचिवको जिम्मेवारी रविन्द्र श्रेष्ठलाई दिइएको छ।

चितवन भरतपुर महानगरपालिकाको अध्यक्ष रामप्रसाद न्यौपाने र सचिव ईश्वर सापकोटा बनेका छन् भने ललितपुर महानगरपालिकाको अध्यक्षको जिम्मेवारीमा मञ्जरी कायश्थ र सचिवमा ज्ञानेन्द्र शाक्य रहेका छ ।

बैठकले पोखरा महानगरपालिकाको अध्यक्षमा दिपक कोइराला र सचिव विश्वप्रकाश लामिछानेलाई जिम्मेवारी दिने निर्णय गरेको छ । वीरगन्ज महानगरपालिकाको अध्यक्षको जिम्मेवारी रहबर अन्सारी र सचिवमा विश्वम्भर शर्मा बनेका छन् ।

विराटनगर महानगरको अध्यक्षमा सागर थापा बनेका छन् भने सचिवको जिम्मेवारी हेम कार्कीलाई दिइएको छ। प्रवक्ता श्रेष्ठका अनुसार पार्टी एकीकरणका बाँकी काम सचिवालयको अर्को बैठकले सम्पन्न गर्नेछ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage