scheduleशनिवार कार्तिक २ गते, २०७६

बार्सिलोनालाई नमिठो झट्का

काठमाडौँ, ५ भदौ  । गएराति भएको स्पेनिस ला लिगामा बार्सिलोनालाई नमिठो झट्का लागेको छ । ग्रानडासँग बार्सिलोना २–० गोलले पराजित भएको छ । यो बार्सिलोनाको स्पेनिस लिगमा पाँचौँ खेलमा दोस्रो हार हो ।

खेलको दोस्रो मिनेटमा नै बार्सिलोनाविरुद्ध ग्रानाडाले गोल गर्दै अग्रता बनाएको थियो । उसका लागि रोमन अजिजको हेडमार्फत गोल गरे । खेलको ६६ औ मिनेटमा अल्भारो भाडिलोले पेनाल्टीमार्फत दोस्रो गोल गरे ।

यस सिजन ढिलो मैदानमा उत्रिएका लियोनल मेस्सीले पनि बार्सिलोनालाई पराजित हुनबाट रोक्न सकेनन् ।

खेल विश्लेषकहरुले २५ वर्ष यताकै यो सबैभन्दा खराब सुरुवात हो । ग्रानाडा पाँच खेलमा १० अंक जोड्दै शिर्ष स्थानमा रहेको छ । बार्सिलोना ७ अंक सहित तालिकाको सातौ स्थानमा छ ।

एट्लेटिको मड्रिडले सेल्टा डी भिगोसँग गोल रहित बराबरी खेल खेलेको छ । शिर्ष स्थानमा उक्लिने मौका एट्लेटिकोले गुमाएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage