scheduleशनिवार कार्तिक २ गते, २०७६

युभेन्ट्सको जितमा रोनाल्डोको गोल

काठमाडौँ, ५ भदौ । सेरिया ए अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्ट्सले सानदार कमव्याक गर्दै भेरोनालाई २-१ गोलले पराजित गर्न सफल भएको छ ।

खेलको २० औँ मिनेटमा भेरोनाका लागि मिगुइल भेलोसोले गोल गर्दै अग्रता बनाएका थिए ।

तर, खेलको २१ औँ मिनेटमा यसै सिजन आर्सनलबाट युभेन्ट्स हानिएका आरोन रामसेले बराबरी गोल फर्काए ।

खेलको ४९ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए ।

खेलको ९० औँ मिनेटमा भेरोनाका मरास रातो कार्ड खाँदै मैदान छोडे ।

यो जितसँगै युभेन्ट्सले चार खेलबाट १० अंक जोडेको छ । भेरोनाको चार खेलमा चार अंक नै रहेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage