scheduleशनिवार कार्तिक २ गते, २०७६

सकभर उसिनेको वा रसयुक्त मासु खान लाभदायी

काठमाडौँ, ५ भदौ । मासु कत्तिको खाने गर्नुहुन्छ ? मासु खाँदा विभिन्न कुरामा विशेष ध्यान दिनु आवश्यक रहन्छ । मधुमेह, उच्चरक्तचाप, मृगौलामा समस्या, कोलेस्ट्रेरोल बढी भएका व्यक्तिले बोसो नभएका मासु सकभर उसिनेर खानु राम्रो हुन्छ । अझ उसिनेको मासुमा हल्का जिराको धुलो र कागती राखेर खानु उत्तम मानिन्छ ।

मासु खाएपछि शरीरलाई हलचल वा व्यायम गर्नु राम्रो हुन्छ । त्यसो त शरीरका लागि नियमित रुपमा ४५ मिनेट जति हिडनु राम्रो हुन्छ । मासु खाएका बेला पनि सो प्रक्रियालाई थप्न सकिन्छ ।

ग्यास्ट्रिकले नसताओस भन्नका लागि सकभर उसिनेको वा रसयुक्त मासु खान लाभदायी हुन्छ ।

मासु खाइसकेपछि असहज महसुस भएमा कागती पानी वा ज्वानो पानी खान सकिन्छ । यसले असहजता हटाउन मद्धत गर्छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage