scheduleआइतवार कार्तिक ३ गते, २०७६

नलाएको मायाले झन रुवायो बरी !


काठमाडौं, ५ असोज । गजलकार सुविद गुरागाईँले रचेका गजलको सिडी शनिबार काठमाण्डौंमा लोकार्पण गरिएको छ । अपरान्ह मधुशाला गलज रेस्टुरेन्ट दरबारमार्गमा भएको एक कार्यक्रममा बरिष्ठ गजलकार बुँद राना लगायतका व्यक्तित्वहरुले सामूहिक लोकार्पण गरेका थिए ।

‘नलाएको माया’ शीर्षक दिइएको उप्त कार्यक्रममा थिम गजल ‘नगलाएको मायाले झन रुवायो बरी, नघोचेको काँढाले झन दुःखायो बरी’ को म्युजिक भिडियो पनि पहिलोपटक सार्वजनिक गरियो । गायक सत्यराज आयार्यको गायन र अभिनय भएको भिडियोले दर्शकहरुलाई भावुक बनाएको थियो ।

गजलकार गुरागाई लामो समयदेखि गजल लेखनमा समर्पित रहँदै आएका छन् । उनको गजल संग्रह ‘जूनको आगो’ यस अघि नै प्रकाशित छ । यस एल्बममा भने उनले आफ्ना छानिएका ७ वटा गजलहरुको गायन गराएका छन् । शीर्षक गजलको संगीत दीपक शर्माले भरेका छन् ।

‘लहर आयो गयो मनमा छोएर हल्का’ मा पारस मुकारुङको संगीत र उदय सोताङको स्वरमा छ । ‘माया संझी संझी रुन्छ्यौ बेकारमा’ को संगीत राजेश थापाले दिएका छन् भने पुरुष स्वर राजु सिग्देल र महिला स्वरको भर्सन बबिना भट्टराईले गाएका छन् । थिम गलजको महिला भर्सन भने अस्मिता अधिकारीले गाएकी छिन् ।

जेबी थुलुङले संगीतबद्ध गरेको ‘प्यारो घाउ एक्लै दुख्नु नदुखाउनु’ मा सञ्जीव धिमाल र निरा रानाभाटको युगल स्वर छ ।
‘माया गर्नु नगर्नु मर्जी हजुरकै’ मा भने मणी गुरुङको स्वर र राम राजधामीको संगीत छ । कार्यक्रममा गजल गायनका साथै विभिन्न वक्ताहरुले गजलकार सुविदको गजल लेखनको प्रवृति, राम्रा र नराम्रा पक्षबारे चर्चा परिचर्चा गरेका थिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage