scheduleशनिवार कार्तिक २ गते, २०७६

वाटफोर्डविरुद्ध म्यानचेस्टर सिटीले ८ गोल गरेपछि…

काठमाडौँ, ५ भदौ । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले प्रभावशाली जित निकाल्न सफल भएको छ ।

म्यानचेस्टर सिटीले वाटफोर्डलाई ८-० गोलले पराजित गरेको हो ।

म्यानसिटीको घरेलु मैदानमा भएको खेलमा वाटफोर्डले लज्जास्पद हार भोग्यो । म्यानसिटीलाई जित दिलाउन बर्नानण्डो सिल्भाले ह्याट्रिक गरे ।

सर्जियो अगुइरो, डेबिड सिल्भा, ओटामेण्डी र रियाद महरेज र केभिन डि ब्रुनेले एकएक गोल गरे ।


पहिलो हाफको १८ औँ मिनेटसम्म नै म्यानसिटीले वाटफोर्डविरुद्ध पाँच गोल गरेको थियो ।

दोस्रो हाफमा पनि म्यानसिटी उत्तिकै हाबी हुन पुग्यो । यस सिजन उच्च फर्ममा रहेको म्यानसिटीको यो सानदार जितले अन्य क्लबलाई पनि चुनौती दिएको विश्लेषकहरु बताउँछन् ।

लिगको पुछारमा रहेको वाटफोर्डको २ अंकमात्र रहेको छ । दोस्रो स्थानमा रहेको म्यान सिटीको १३ अंक रहेको छ । शिर्षस्थानमा रहेको लिभरपुलको १५ अंक रहेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage