scheduleबुधवार आश्विन २९ गते, २०७६

बार्सिलोनाका प्रशिक्षक भल्भरडेको जागिर धरापमा

काठमाडौँ, ५ भदौ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी ब्याक टु ब्याक खेलमा फर्किएका छन् ।

तर, बार्सिलोनाको समस्या भने समाधान हुन सकेको छैन । खेल पण्डितहरुले खेलाडीभन्दा पनि प्रशिक्षक भल्भरडेमाथि प्रश्न उठाएका छन् ।

बार्सिलोनाको खेल यस्तै रहेमा बार्सिलोनाले प्रशिक्षक फेर्ने विकल्पबाहेक अर्को उपाय नभएको बताएका छन् ।

बार्सिलोनाले कुल पाँच खेलमा दुई खेलमा पराजय, एक खेल बराबरी र दुई खेल जितेको छ ।

यो बार्सिलोनाको २५ वर्षयताकै झुर खेल प्रदर्शन हो । यसरी क्लबलाई अगाडि कतिन्जेल अगाडि बढाउने भन्नेबारे पनि प्रश्न उठेको बताइएको छ ।

स्टार खेलाडीहरु अनुबन्ध गरेको बार्सिलोना यसरी पराजित हुनुले प्रशिक्षकमाथि दबाब सिर्जना हुन थालेको र बर्खास्तै गर्ने सम्मको निर्णय समेत लिन पछि नपर्न खेल पण्डितहरुले सुझाएका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage