scheduleबिहिवार आश्विन ३० गते, २०७६

कृपया मन्त्रिमण्डल हेरफेरबारे मलाई नसोध्नुस् : प्रचण्ड

विराटनगर, ५ असोज । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार र हेरफेरको विषयमा आफूलाई नसोध्न आग्रह गरेका छन्।

विराटनगर विमानस्थलमा आइतबार बिहान संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मलाई यो मन्त्रिमण्डलबारे नसोध्नुहोस् प्लिज। मलाई यसले हैरान पारेको छ। यो प्रधानमन्त्रीको कुरा हो। प्रधानमन्त्रीले चाहेको बेला हुने हो, उहाँले नचाहँदा हुँदैन।’

केही उच्छृंखल गतिविधिका कारण व्यवस्थामा नै खतरा आउन सक्ने संकेत गर्दै  उनले व्यवस्था विरोधी गतिविधिलाई  गम्भिर रुपमा लिएको बताए ।  परिवर्तनविरुद्ध विभिन्न खालका अराजक र उच्छृंखल गतिविधि बढेको देखिन थालेको छ। यो विषयलाई हाम्रो पार्टी सरकार र सदनमा भएका सबै राजनीतिक दलले गम्भिर रुपमा लिएको उनले बताए ।

प्रतिवादको अर्थ प्रतिकार नभएको स्पष्ट पार्दै प्रतिवाद भनेको राजनीतिक, वैचारिक, सांस्कृतिक ढंगले बहस गरेर परास्त गर्नु हो उनले भने  ।  उनले भने -‘भ्रष्टाचारकोविरुद्ध पार्टी आफैं, सरकार आफैं अगाडि बढेको छ। यसका परिणती विस्तारै देखिन थालेको छ।’ सरकारको काम र पार्टीको कामको समीक्षा भइरहेको बताउँदै आउने समयमा कामको परिणाम देखिने पनि उनले बताए।

‘सरकारले केही गरेन भन्ने कुरा पनि सत्य होइन। गएको वर्ष थुप्रै मौलिक अधिकारसम्बन्धी कानून बन्यो, अन्तराष्ट्रिय शक्तिहरुसँगको सम्बन्धमा सुधार आयो, पेट्रोलियम पाइप लाइन बन्यो। चीनसँग राम्रो सम्बन्ध र आधार बनेको छ,’ प्रचण्डको दाबी थियो। उनले भने  ‘आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा भएको कुरा अन्तराष्ट्रिय एजेन्सीहरुले पनि भनेका छन्। यो सबैअवस्थाले हामी निराश हुनुपर्ने छैन । त्यति हुँदा हुँदै पनि हामी पनि कामबारे सन्तुष्ट छैनौं, हामी लिडरसीपहरु पनि कमजोरी हटाएर काममा गति दिने विषयमा छलफलमा छौं।’

कार्यकारी अध्यक्षको भूमिका कहिले पाउनु हुन्छ भन्ने प्रश्नमा  पार्टीले जे निर्णय गर्छ, जे सहमति गर्छ त्यही हुन्छ भन्ने  प्रचण्डको जवाफ थियो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage