scheduleमगलवार आश्विन २८ गते, २०७६

ट्राफिक समस्या समाधानका लागि एकीकृत विकास योजना आवश्यकः गृहमन्त्री

काठमाडौं, ५ असोज । गृहमन्त्री रामबहादुर थापाले काठमाडौं उपत्यकाको बढ्दो ट्राफिक समस्या समाधानका लागि विकास निर्माणको सोच र योजनामै पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । उनले एकीकृत योजनाका लागि विकासका योजनाकार तथा नीति निर्माताहरुलाई पुनर्विचारका लागि आग्रह पनि गरेका छन् ।

आईतबार काठमाडौंमा १५ दिने ट्राफिक स्वयम्सेवक परिचालन कार्यक्रमको शुभारम्भ गर्दै उनले काठमाडौंमा विकास निर्माणको काम सही ढंगले अघि बढे यातायात सम्बन्धी समस्या पनि स्वतः घटेर जाने बताए । गृहमन्त्री थापाले सिंगो मुलुकनै विकास र निर्माणको काममा तीव्र गतिका साथ अघि बढिकाले पनि यातायात क्षेत्रमा समस्या देखिएको बताए ।

गृहमन्त्री थापाले सबै नागरिकले पनि आ–आफ्नो ठाउँबाट ट्राफिक नियमको पूर्ण पालना गरे मात्रै मुलुकमा बढ्दो यातायात व्यवस्थापनको समस्या समाधान भएर जाने पनि स्पष्ट पारेका छन् ।

गृहमन्त्री थापाले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि युवा जनशक्तिको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage