scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

साउदी अरबमा हमला नगर्ने हुथी विद्रोहीको भनाइ

एजेन्सी, ५ भदौ । यमनका हुथी विद्रोहीले साउदी अरबमाथि हमला नगर्ने बताएका छन् । शान्तिको प्रयास स्वरूप साउदी अरबमा भइरहेका सबै हमला अन्त्य गर्ने हुथीको प्रस्तावलाई संयुक्त राष्ट्रसघंले समेत स्वागत गरेको छ।

हुथीका सर्वोच्च राजनीतिक परिषद्‍का अध्यक्ष महदी अल-मसतले साउदी अरबमाथि सबै खालका आक्रमणको अन्य गर्ने र त्यसका लागि साउदी अरब र उसका सहयोगीहरूले पनि त्यस्तै गर्नुपर्ने बताएका हुन् ।

“हामीले गरेको पहलको कुनै प्रतिक्रिया नआएको खण्डमा पछाडि हट्ने अधिकार हामी राख्दछौँ,” टेलिभिजनमार्फत् उनले भने।

त्यस्तै अल-मसतले सबै पक्षलाई “विस्तृत मेलमिलाप”तर्फ काम गर्न पनि आग्रह गरेका छन्।

यता राष्ट्रसङ्घले जारी गरेको एउटा वक्तव्यले उक्त प्रस्तावले “युद्ध अन्त्य गर्न चाहना राखेको भन्ने एउटा शक्तिशाली सन्देश” दिनसक्ने जनाएको छ।

यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत मार्टिन ग्रिफिथ्सले शनिवार उक्त प्रस्तावको स्वागत गर्दै समस्याको राजनीतिक समाधान खोज्न आग्रह गरेका छन्।

“विशेष दूतले यस अवसरको फाइदा लिन हिंसालाई न्यूनीकरण गर्दै अघि बढ्नु पर्नेमा जोड दिएका छन्,” उनको कार्यालयबाट जारी वक्तव्यमा भनिएको छ।

गत साता साउदी अरबका तेल खानी र प्रशोधन केन्द्रमा ड्रोन र क्षेप्यास्त्र गरेको जिम्मा लिएको हुथी समूहले आक्रमणको एक साता पछि यस्तो प्रस्ताव राखेको हो।

तर अमेरिका र साउदी अरबले उक्त घटनामा इरानको हात रहेको आरोप लगाउँदै आएका छन्।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage