scheduleशनिवार कार्तिक २ गते, २०७६

राष्ट्रिय एकताको बाधक बनेकाले अनुच्छेद ३७० हटाएका हौं : भारतीय गृहमन्त्री

एजेन्सी, ५ असोज । भारतीय गृहमन्त्री अमित शाहले राष्ट्रलाई एकै सुत्रमा जोड्नका लागि अनुच्छेद ३७० हटाएको बताएका छन् ।

गृहमन्त्री शाहले भारतको राष्ट्रिय एकतालाई अनुच्छेद ३०७ ले बाधा पुर्‍याएले जम्मू-कश्मीरमा नयाँ कदम चालेको बताएका हुन् । देशलाई एक सुत्रमा जोड्न बाधक रहेकाले दोस्रो कार्यकालमा भाजपा सरकारले उक्त अनुच्छेद हटाएको उनले प्रस्ट पारे ।

अनुच्छेद ३०७ र ३५ ‘क’ जारी भएदेखि नै जनसंघ र बिजेपीले यसको विरोध गरेको समेत शाहको भनाई थियो । त्यस्तै पाकिस्तान प्रशासित कश्मीर समेत भारतमा मिलाउनु पर्ने आम भारतीयको आवाज रहेको समेत शाहले बताए । नेहरुका कारण नै जम्मू-कश्मीर टुक्रिन पुगेको समेत उनको आरोप छ ।

गत अगस्टमा भारतीय सरकारले संविधानको अनुच्छेद ३७० खारेज गरी जम्मू-कश्मीरको विशेषाधिकार खारेज गरेको थियो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage