scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

गुडिरहेको जिपमाथि ढुंगा खसेपछि…

फाइल फोटो

बेनी, ५ असोज । बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका-३ घुमाउने तालमा आइतबार गुडिरहेको जिपमा ढुंगा खसेको छ ।  भीरबाट खसेको ढुंगाले लागेर तीनजना यात्रु घाइते भएका छन् ।

जोमसोमबाट बेनी आउँदै गरेको ग १ ज ७०६२ नम्बरको जिपमा खसेको ढुंगाले लागेर रुपन्देहीको देवदह नगरपालिका-५ का ७१ वर्षीय यामबहादुर विक, उनकी श्रीमती ६३ वर्षीया गंगी विक र बागलुंग नगरपालिका-३ का मनबहादुर थापा घाइते भएको प्रहरीले जनाएको छ ।

बेनी अस्पतालमा उपचार गराइरहेका घाइतेहरु खतरामुक्त छन् ।

Dish_Home

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय