scheduleबिहिवार आश्विन ३० गते, २०७६

अमेरिकाले साउदी अरबमा थप सेना पठाउने, इरानले दियो यस्तो चेतावनी

एजेन्सी, ५ भदौ । अमेरिकाले मध्यपूर्वमा थप सेना पठाउने घोषणा गरेपछि इरान थप रुष्ट बनेको छ ।

शुक्रबार अमेरिकी रक्षामन्त्री मार्क एस्परले साउदी अरब र संयुक्त अरब इमिरेट्सको सुरक्षार्थ भन्दै थप सेना पठाउन लागेको घोषणा गरेसँगै इरान रुष्ट बनेको हो ।

यसै क्रममा इरानी राष्ट्रपति हसन रोहानीले विदेशी सेनालाई मध्यपूर्वबाट हट्न चेतावनी दिएका छन् । इरान-इराक युद्धको वार्षिकोत्सवका क्रममा तेहरानमा बोल्दै रोहानीले विदेशी सेनाका कारण मध्यपूर्वमा अशान्ति र असुरक्षा बढेको भन्दै उनले यस्तो बताएका हुन् ।’यस क्षेत्रका नागरिक र भूगोलमा विदेशी सेनाले समस्या र असुरक्षा सिर्जना गरिरहेका छन्’, रोहानीले भने ।

विगतमा मध्यपूर्वमा विदेशी सेना परिचालन हुँदा भयानक संकट उत्पन्न भएको र विदेशी सेनाकै कारण मध्यपूर्वमा हतियारको होडबाजी बढेको उनको भनाइ थियो । ‘यो क्षेत्रलाई हतियारको होडबाजी गर्ने स्थल बनाउनु हुँदैन भनेर सबैले बुझ्दा हुन्छ र यो क्षेत्रबाट जति टाढा रह्यो त्यति नै ती मुलुक सुरक्षित हुन्छन्’, उनले भने ।

त्यस्तै इरानको विशेष सुरक्षा बल रिभोलुस्नरी गार्डका प्रमुख होसेन सलामीले आफ्नो भूमिमाथि आक्रमण गर्नेलाई ध्वस्त पार्ने बताएका छन् । ‘ हामीमाथि कसैले आक्रमण गरे त्यस्तो आक्रमणकारी शक्तिलाई पछ्याउने छौं’, सलामीले भने, ‘ र आक्रमणकारीलाई पूर्ण रुपमा ध्वस्त पारेपछि मात्रै हामीहरु रोकिने छौं ।’

अमेरिकी रक्षामन्त्री एस्परले साउदी अरबको अमार्को तेल कम्पनीमाथि ड्रोन हमला भएपछि साउदी अरब र युएईमा थप सेना पठाउने बताएका थिए । तर एस्परको उक्त घोषणा अमेरिकाभित्रै आलोचित बनेको छ । अमेरिकी प्रतिनिधिसभाकी सभामुख नान्सी पेलोसीले संसदलाई छलेर उक्त कदम चाल्न लागेको उनको आरोप छ ।

‘पछिल्लो कदम चिन्ताजनक र अस्वीकार्य छ’, पेलोसीले भनिन् । साउदी अरबले यमनमा गरेको मानवअधिकार हनन, नरसंहार र पत्रकार जमल खशोगीको हत्यामाथि ट्रम्प प्रशासनले आँखा चिम्लिएको समेत उनले बताइन् ।

गत शनिबार अमार्को तेल प्रशोधन केन्द्रमा ड्रोन हमला भएपछि इरान र अमेरिकाबीच तनाव थप चर्किएको छ । उक्त हमलामा इरानको हात रहेको अमेरिका र साउदी अरबको दाबी छ । तर इरानले भने उक्त आरोप खण्डन गर्दै आएको छ ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage