scheduleबिहिवार आश्विन ३० गते, २०७६

वैज्ञानिक खोज तथा अनुसन्धानमा जोड दिन राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं, ५ असोज । राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल हुने गरी वैज्ञानिक खोज तथा अनुसन्धानबाट प्राप्त ज्ञान तथा नवीनतम प्रविधिको प्रयोगमा जोड दिन सरकारलाई आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले अध्ययन र अनुसन्धानको क्षेत्रमा प्राज्ञिक तथा शिक्षण संस्थाहरुलाई थप प्रोत्साहन हुने गरी प्रतिभा विकास, पहिचान र उजागर हुने गरी राज्यका सबै निकायको ध्यान पुग्ने विश्वास पनि व्यक्त गरिन् ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’बाट सम्मान गर्दै उनले सरकारले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा प्रोत्साहन हुने गरी राष्ट्रिय पुरस्कारहरु स्थापना गर्दै गएकोमा खुशी पनि व्यक्त  गरिन् । राष्ट्रपति भण्डारीले नेपाल परापूर्वकालदेखि नै खोज, अनुसन्धानको थलोको रुपमा रहेको स्मरण गराउँदै त्यस्ता खालको ज्ञान र विज्ञानको विकास गर्न सम्वद्ध निकायहरु उत्तिकै अग्रसर हुनुपर्नेमा पनि जोड दिइन् ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले खोज तथा अनुसन्धानको क्षेत्रको विकासका लागि प्रोत्साहन गर्न सरकारले सो पुरस्कारको पनि व्यवस्था गरेको बताएका थिए । सरकारले कृषि क्षेत्रको विकासका लागि पनि वैज्ञानिक अध्ययन र अनुसन्धानको कामलाई उच्च प्राथमिकता दिएको पनि स्मरण गराए ।

आँखाको अनुसन्धानमा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याती कमाएका वरिष्ठ चिकित्सक रुइतलाई ५ लाख नगदसहित सो पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा राष्ट्रपति भण्डारीले युवा वैज्ञानिकद्वय रति मियाँ र विकल्प ढुंगानालाई पनि जनही नगद २ लाख ५० हजारसहितको ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहायता’ पुरस्कार प्रदान गरेकी थिइन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage