scheduleशुक्रवार जेष्ठ १६ गते, २०७७

हवाई भाडामा विशेष छुटसहित अग्रिम टिकट बुकिङ्ग खुल्ला

काठमाडौं, ५ असोज । दशैं, तिहार र छठलाई लक्षित गर्दै हवाई सेवामा पनि अग्रिम टिकट बुकिङ्ग खुल्ला भएको छ । वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा संचालक संघ, नेपालले हवाई भाडामा विशेष छुटसहित अग्रिम बुकिङ्ग खुल्ला गरेको हो ।

संघले सबै आन्तरिक उडानतर्फका आफ्ना नियमित उडान सेवामा नेपाली नागरिकहरुलाई हवाई भाडामा १० प्रतिशत छुट दिने जनाएको छ । उक्त छुट आगामी असोज १२ गतेदेखि कार्तिक २७ गते सम्म लागू हुने संघले बताएको छ ।उक्त छुट सामान्य हवाई भाडमा एयरपोर्ट ट्याक्स तथा फ्यूल सरचार्ज बाहेक १० प्रतिशत छुट दिने संघद्धारा जारी विज्ञप्तिमा बताइएको छ ।

Dish_Home

संघका प्रवक्ता योगराज पौडेल शर्माले भने ‘हामीले वायुसेवाको आन्तरिक उडान तर्फको संघमा आवद्ध नियमित सबै उडानहरुलाई व्यवस्थित गरिसकेका छौं ।

यात्रुको चापलाई हेरी थप उडान भर्न सक्ने गरी ६० देखि ७२ सिट क्षमताका ५ जहाज समेत तयारी अवस्थामा राखेका शर्माले बताए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय