scheduleमगलवार आश्विन २८ गते, २०७६

सलमानसँग ‘अफेयर’ चलेको हल्ला फैलिएपछि कैट्रिनाले मुख खोलिन्

 

एजेन्सी, ५ असोज । यतिबेला बलिउड अभिनेता सलमान खान र अनिनेत्रि कैट्रिना कैफ पुन: प्रेम सम्बन्धमा रहेको चर्चा चलेको छ । समाचार माध्यम र सामाजिक सञ्जालमा यसबारे विभिन्न टिकाटिप्पणी हुन समेत थालेका छन् ।

तर सलमान र आफ्नाबारे बजारमा हल्ला चलेपछि कैट्रिनाले मुख खोलेकी छन् । हालै इण्डिया टुडेको एक कार्यक्रममा सलमानसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा कैट्रिनाले १६ सालदेखि सलमानसँग मित्रता रहेको बताएकी हुन् ।

‘हामीबीच मित्रता छ, यो मित्रता १६ वर्षदेखि चल्दै आएको छ’, कैट्रिनाले भनिन्, ‘ सलमान खान मेरा असल साथी हुन् । उनी राम्रो मान्छे हुन् । उनी अप्ठ्यारो पर्दा सधैं साथ दिने, सँगै साथ र सहयोग गर्ने खालका साथी हुन् ।’

स्मरणीय छ, केही समयअघि सलमान र कैट्रिनाले अभिनय गरेको ‘भारत’  रिलिज भएको थियो । यो फिल्मले बक्स अफिसमा धमाका नै मच्चाएको थियो । फिल्म रिलिज भएलगत्तै दुबै जना पुन: प्रेम सम्बन्धमा गाँसिएको हल्ला पनि चलेको थियो । कतिपय फ्यानले त सलमानले कैट्रिनासँग विहे गर्दा राम्रो हुन्छ भनेर समेत सुझाव दिएका थिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage