scheduleमगलवार आश्विन २८ गते, २०७६

पीडितलाई यसरी दिलाइयो न्याय, पाए एकमुष्ठ रकम

जीतपुर, ५ असोज । नेकपा कपिलवस्तुले मध्यस्थता गरी पार्टीका जिल्ला नेता विश्व कार्कीका कारण आर्थिकरुपमा पीडितलाई न्याय दिलाएको छ । पीडितले एकमुष्ट आफूले पाउनुपर्ने  ३८ लाख पाएका हुन् । न्याय पाउनेमा गुल्मी मालिकाका ताराबहादुर थापा, बाग्लुङ बडीगाउँका पूर्णबहादुर विकसहित १२ जना छन् ।

रोजगारी पाउने आशामा एमालेका जिल्ला नेता कार्कीलाई पीडितले जनही दुई लाख ६० हजारदेखि रु चार लाख ५० हजारसम्म उनीहरूले बुझाएका थिए । पीडितले कार्कीलाई जम्मा ४५ लाख बुझाए काम नभएको र रकम पनि फिर्ता नभएको भन्दै नेकपा कपिलवस्तु पार्टी कार्यालयमा न्यायका लागि निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा आर्थिक विवादमा परेका कार्कीलाई बाणगङ्गा नगरकमिटीको अध्यक्षबाट छ महीनाका लागि निलम्वन गरेको थियो । निदेवनपछि सम्पर्कविहीन कार्की पार्टीको सम्पर्कमा आएर पीडितको रकम चुक्ता गर्ने प्रतिबद्धता जनाएकाले उनकै निवासमा पीडितलाई बोलाइ जिल्ला पार्टी कार्यालयले उनीहरुको  ३८ लाख फिर्ता गराएको पार्टी अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिए ।

दुवै पक्षलाई राखेर छलफल गर्दा ३८ लाख कार्कीले लिएको र बाँकी सात लाख रकम पीडितबाट कार्कीलाई सम्पर्क गराउने मध्यस्तकर्ताले लिएको तथ्य खुलेको थियो । पार्टी अध्यक्ष पोख्रेलका सामु कार्की परिवारले पीडितबाट विश्वले लिएको रकम फिर्ता गरेका थिए ।

कार्कीले लिएको सम्पूर्ण रकम फिर्ता गर्दै आफूले पीडितलाई ठग्न नखोजेको तर सम्पूर्ण सम्पत्ति बैंक धितोमा रोक्का रहेकाले बेचबिखन गरी समयमै कारोवार मिलान गर्न चुकेको भन्दै पीडित र पार्टी नेतासमक्ष आत्मालोचना गरेका थिए ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage