scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

नवजात शिशुमा थाइराइड भएमा यस्ता लक्षणहरु देखिन्छन् ?

काठमाडौँ ६ असोज । थाइराइड ग्रन्थी बन्ने बेलामा कुनै जटिल समस्या भएर अथवा ग्रन्थी नै नबनेका कारणले यसले उत्पादन गर्ने हर्मोनको मात्रा अत्यन्त न्यून अथवा उत्पादन नै नहुँदा जन्मजात रूपमा यो समस्या देखिन्छ । यीमध्ये ८०–९० प्रतिशत नवजातलाई गर्भमै रहेका बेला ग्रन्थी बन्ने समयमा भएका समस्याले यो रोग देखा पर्छ । यसबाहेक आयोडिनको कमी भएका ठाउँहरूमा जन्मिने बालबालिकामा पनि जन्मजात थाइराइडको समस्या देखा पर्छ।

कुनै एउटा मात्र समस्या वा लक्षणबाट नवजातमा जन्मजात थाइराइडको समस्या भए÷नभएको छुट्याउन सकिँदैन । जन्मेदेखि बिस्तारै शारीरिक मानसिक वृद्धिविकास हुँदै जाने क्रममा देखिने लक्षणका आधारमा विशेषज्ञ चिकित्सकले आवश्यक परीक्षणपछि मात्र यो रोगको पहिचान गर्न सक्छन्।

नवजातमा देखिने लक्षण

– दूध चुस्नमा समस्या
– कमलपित्त
– कब्जियत
– सुस्त
– तालुको भाग ठूलो
– जिब्रो सामान्यभन्दा ठूलो
– छाला फुस्रो र सामान्यभन्दा फरक
– शरीर चिसो हुनु
– रुवाइको आवाज फरक हुनु
– लुलो हुनु

शिशु केही साताको भएपछि देखिने लक्षण

– अनुहारको आकृति अरुभन्दा केही फरह हुनु
– जिब्रो मुखबाहिर निस्कनु
– पेट ठूलो हुनु र फुल्नु
– नाइटोमा हर्निया
– झिझिने र रोइराख्ने
– उमेर अनुसार शारीरिक वृद्धि र मानसिक विकास नहुने
– गलगाँड देखापर्नु

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage