scheduleशनिवार फाल्गुन १७ गते, २०७६

‘आलिया र सलमान खानको किस सिन थिएन’

काठमाडौँ, ६ असोज । बलिउडका चर्चित अभिनेता हुन् सलमान खान । पछिल्लो समय आलिया भटसँग किस सिन भएकै कारण फिल्म इन्साल्लाह छोडेको खबर बाहिर आएको थियो ।

तर, मिडिया रिपोर्टका अनुसार इन्साल्लाहमा सलमान खान र आलियाबीच कुनै पनि किस सिन छैन । एक रिपोर्टमा भनिएको छ, अमिताभ बच्चनले रानी मुखर्जीलाई किस गराउन सक्ने निर्देशक संजय लिला भंसालीले सलमानका लागि यति काम गराउन नसक्ने होइनन् तर, फिल्ममा बाहिर आएको हल्ला जस्तो किस सिन रहेको छैन ।

Dish_Home

सलमान खान र भंसालीबीच आफ्नै व्यक्तिगत कुराहरु रहेको र यस फिल्ममा काम गर्न नसकेको बताइएको छ ।

एक अन्तर्वार्तामा संजय लिला भंसालीले हाँस्दै भनेका छन्, ‘मैले उनलाई राम्रोसँग चिनेको छु । उनले अनस्क्रिन किस दिन मान्दैनन् । त्यो जान्दा जान्दै मैले कसरी किस सिन राख्न सक्छु । सलमान खानको भुमिकालाई लिएर जो कोही निर्देशक गम्भिर हुन्छन् । म पनि त्योमध्ये एक हुँ ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय