scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

आखिर किन एक्कासी महँगियो प्याज ?

काठमाडौँ, ६ असोज । नेपालमा व्याजको मुल्यले आकाश छोएको छ । प्रतिकेजी १२० देखि १३० रुपैयाँमा प्याजको किनबेच भइरहेको छ । आखिर एक्कासी किन महँगियो प्याज ?

भारतबाट ठुलो मात्रामा नेपालमा प्याजको आयात हुने गर्छ । मिडिया रिपोर्टका अनुसार भारतमा नै प्याजको मुल्य ६० रुपैयाँ प्रतिकेजी रहेको छ ।

गएको वर्षमा प्याजमा ठुलो नोक्सानी भोगेपछि किसानहरुले यस वर्ष प्याज खेती नै गर्न रुचाएनन् । भारतीय स्टकमा समेत प्याज थोरै रहेपछि एकाएक प्याजको मुल्य बढेको मिडिया रिपोर्टमा उल्लेख छ ।

बिबिसी मिडियाका अनुसार भारतमा यस वर्ष २५ देखि ३० प्रतिशत कमले प्याजको खेती भएको थियो । गएको वर्ष प्याजको मुल्य जम्मा ५ देखि ६ रुपैयाँ मात्र रहेको थियो । निराश किसानले प्याज खेतीमा फाइदा नदेखेपछि अन्य खेतीतर्फ आकर्षित भएका हुन् ।

यसको सोझो असर नेपाली बजारमा पनि देखियो । नेपाली बजारमा प्याजको मुल्य आकाशिएपछि दशैँको मुखमा चर्को मुल्यमा उपभोक्ताहरु व्याज किन्न बाध्य रहेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage