scheduleआइतवार कार्तिक ३ गते, २०७६

राष्ट्रकवि घिमिरे सय वर्ष पुगे

काठमाडौं, ६ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरे आज सोमबार सय वर्ष पुगेका छन्। वि.स. १९७६ असोज ७ गते लमजुङमा जन्मिएका घिमिरे सोमबार उमेरले शताब्दी टेकेका हुन्।

राष्ट्रकवि घिमिरे सय वर्ष पुगेको अवसरमा राष्ट्रपति विदादेवी भण्डारीले उनलाई शुभकामना दिएकी छन्।राष्ट्रकवि निवास लैनचौर पुगेर राष्ट्रपति भण्डारीले घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिएकी थिइन्।

घिमिरेले वि.स. १९९४ सालमा ‘नवमञ्जरी’ नामक कविताको संग्रह प्रकाशन गरेर नेपाली साहित्य जगतमा प्रवेश गरेका थिए । घिमिरेका गीतनाटक, शोककाव्य, निबन्ध, काव्य, समालोचना गरी दुई दर्जन बढी कृति प्रकाशित छन्। हाल उनी महाकाव्य लेखिरहेका छन्।

वि.स.२००४ सालमा जीवनसंगिनी गौरीको निधन भएपछि घिमिरेले दोस्रो विहे गरेका थिए । वि. स. २००५ मा  उनले महाकालीसँग विहे गरेका थिए। महाकाली हाल उनी ८४ वर्ष पुगेकी छन्।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage