scheduleसोमवार माघ ६ गते, २०७६

भाईरल ज्वरोको जोखिममा गाउँ, विद्यालय पनि बन्द

बाजुरा, ७ असोज । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. पाँच मिगुमा भाईरल ज्वरोको प्रकोप देखिएको छ । भाईरल ज्वरोले गाँउ नै प्रभावित हुने भन्दै स्थानीय त्रसित बनेका छन् ।

गाउँपालिकाको केन्द्रदेखि करिब चार घण्टाको पैदल दुरीमा पर्ने खापर गाउँमा भाईरल ज्वरोले गाउँका बालबालिका, बृद्धबृद्धा थला पर्दा गाउँ नै सुनसान बनेको वडा सदस्य शिंह बहादुर महताराले बताए । गाँउमा सामुदायिक स्वास्थ्य ईकाई केन्द्रमा औषधि भएपनि औषधिले बिरामीलाई कुनै असर नगरेको वडा सदस्य महताराले जानकारी दिए।

स्वास्थ्य इकाई केन्द्रमा दिनहु १० देखि १५ जना सम्म भाईरल ज्वरोका बिरामी औषधि उपचारका लागि आउने गरेको अहेव कमल कट्टेलले बताए। मिगु गाउँमा बसोबास गरिरहेका ७० परिवार भन्दा बढीमा भाईरलको संक्रमण फैलिएपछि स्थानीय त्रसित बनेका हुन् ।

भाईरलले बालबालिका बढी प्रभावित भएका कारण विद्यालय पनि बन्द गरिएको छ । बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, वाकवाक लाग्ने, वान्ता हुने जस्ता लक्षण देखा परेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय