scheduleआइतवार कार्तिक ३ गते, २०७६

नेपालमै बन्यो विद्युतीय कार, यस्ता छन् फिचरहरु

काठमाडाैं, ७ असोज ।   नेपालको पहिलो गाडी उत्पादक कम्पनी हुलास मोटर्सले देशभित्रै पहिलोपटक कार उत्पादन गरी परिक्षण सुरु गरेको हो ।

हुलास मोटर्सले उत्पादन गरेको ‘दा भिन्ची’ ब्राण्डको इलेक्ट्रीक कार दशैंलगत्तै काठमाडौं ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

पाँच जना यात्रुको बस्ने सीट रहेको कारको मूल्य १५ देखि २० लाख भित्रै रहने कम्पनीले जनाएको छ ।

नेपालको मध्यम वर्ग लक्षित गरेर निर्माण गरिएको इलेक्ट्रीक कार निकै सुन्दर कम्प्याक्ट र वातानकुलीत (एसी) को व्यवस्था समेत रहेको छ ।

गियर नभएको उक्त कार प्रतिघन्टा ६५ किलोमिटरको गतिमा चलाउन सकिने र २० डिग्रीको उकालोमा सजिलै चढ्न सक्ने रहेको छ ।

एक पटक व्याट्री पूरा चार्ज गरेपछि १ सय ७० किलोमिटरसम्मको यात्रा तय गर्न सकिने कम्पनीले जनाएको छ । घरको सामान्य प्लगमा जोडर चार्जगर्दा फुल चार्ज हुन ८ देखि १० घण्टासम्म लाग्नेछ ।

आधुनिक फिचर दिइएको कारमा पावर स्टेरिङ्ग, पावर ब्रेकिङ सिस्टम, पावर विण्डो तथा सेन्ट्रल लकिङ्ग सिस्टमजस्ता फिचर छन् ।

कारमा रियर क्यामरा र रियस सेन्सर, ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage