scheduleबुधवार आश्विन २९ गते, २०७६

तप्सीले तीन महिनासम्म सुटिङको अभ्यास गरेकी थिइन्

काठमाडौँ, ८ असोज । बलिउडका दुई चर्चीत अभिनेत्री तप्सी पन्नु र भुमी पेडेनकर अभिनीत फिल्म ‘साँढ कि आँख’को ट्रेलर सार्वजनिक भइसकेको छ ।

मिडिया रिपोर्टका अनुसार यस फिल्मका लागि तप्सी पन्नुले कडा परिश्रम गरेकी थिइन् ।

यस फिल्मका लागि तप्सीले तीन महिनासम्म सुटिङको अभ्यास गरेकी थिइन् ।

उनले भनेकी छिन्, ‘मलाई बन्दुक सम्हाल्न पनि आउँदैन्थ्यो । गोली लोड गर्ने कुरा त परै जाओस् । तर, मैले यसका लागि तीन महिनासम्म अभ्यास गरे ।’

उनले फिल्मबारे चर्चा गर्दै भनिन्, ‘यो फिल्मको स्टोरी सुन्दा खेरी नै मलाई मेरो आमाको याद आएको थियो । ती महिलाहरु जसले आफ्नो परिवार, बच्चाका लागि बाँचे तर, आफ्नो लागि कहिल्यै सोचेनन् ।’

उनले भनेकी छिन्, ‘मैले यो फिल्म आफ्नी आमाप्रति समर्पित गरेकी छु । जब यस फिल्मको कथा सुन्दै थिए म धेरै पटक पनि रुन पुगे ।’
यो फिल्म अक्टोबर २५ मा रिलिज हुँदैछ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage