scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

मुख गन्हाउने समस्याबाट मुक्ति पाउने उपायहरु

काठमाडौँ, ८ असोज । केही व्यक्तिहरुको मुख गन्हाउने समस्याका कारण आफ्ना साथीहरुसँग लज्जित हुनु परेको छ । उक्त समस्या समाधानका लागि केही जानकारी लिनु उत्तिकै आवश्यकता रहन्छ ।

जिब्रोको सफाइमा भने उति ध्यान पुर्याइरहेका हुँदैनौँ । जिब्रोमा जम्मा हुने सेतो पत्रले सास गनाउने समस्या उत्पन्न गराउँछ । साथै, स्वाद थाहा पाउन, शुद्धसँग उच्चारण गर्नसमेत यसको सफाइमा ध्यान पुरयाउनुपर्छ ।

मुख सुक्खा हुँदा जिब्रो फोहोर हुने र सास गनाउने गर्छ । यसबाट मुक्ति पाउन बजारमा पाइने भेजिटेबल ग्लिसरिन ल्याएर जिब्रोमा अलिकति हाली ब्रसले हल्का रगडेर मनतातो पानीले कुल्ला गर्नुपर्छ । दिनमा दुईपटक यसो गर्नाले जिब्रो सफा हुनगई यो गुलाबी रङको देखिन थाल्छ ।
बिहान ब्रस गर्नुअघि नरिवलको तेल मुखमा हालेर केही समयसम्म कुल्ला गर्नुपर्छ । त्यसपछि मनतातो पानीले कुल्ला गर्नुपर्छ । हरेक बिहान यसो गर्ने हो भने जिब्रो सफा हुन्छ र सास गनाउने समस्या पनि हटेर जान्छ ।

घ्यूकुमारीको रसमा जिब्रो र मुखमा रहेका ब्याक्टेरिया हटाउने गुण हुन्छ । एक चम्चा एलोभेराको रस मुखमा लिएर केही बेर राख्ने र केही बेर कुल्ला गरी यसलाई थुकिदिने । त्यसपछि एक चम्चा एलोभेरा जुस पिउने । दुई हप्तासम्म मात्रै यसो गर्नुभयो भने पनि सास गनाउने र जिब्रो फोहोर हुने समस्या हटेको महसुस गर्नुहुनेछ ।

बजारमा धातु र प्लास्टिकका ‘टङ क्लिनर’ पाइन्छन् । ब्रस गरिसकेपछि यसले बिस्तारै जिब्रो सफा गर्नुपर्छ । तर, जोडले रगड्नु भने हुँदैन ।

जिब्रोमा जमेको सेतो पत्र र ब्याक्टेरिया हटाउन नुन ज्यादै उपयोगी हुन्छ । यसमा ‘एन्टिसेप्टिक’ गुण हुन्छ । जिब्रोमा अलिकति नुन छरेर ब्रसले हल्कासँग ‘स्क्रब’ गर्नुपर्छ । सातामा दुईपटक यसो गरे जिब्रो ब्याक्टेरियारहित हुन्छ ।

मनतातो पानीमा नुन हालेर सातामा दुईपटक कुल्ला गर्नाले जिब्रो सफा हुनुका साथै यसमा जम्मा भएका ब्याक्टेरियाबाट मुक्ति पाइन्छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage