scheduleआइतवार कार्तिक ३ गते, २०७६

कास्कीम ५० जना काँग्रेसमा प्रवेश

कास्की, ८ असोज । नेपाली काँग्रेस कास्कीले संचालन गरेको जागरण अभियान सकिएको छ । जागरण अभियानलाई सम्बोधन गर्दै नेपाली काग्रेसका नेता तथा पुर्व अर्थमन्त्री महेश आचार्यले लोकतन्त्र सहमतिले चलछ बल मिचाईले नचल्ने बताएका छन् ।

नेता आचार्यले वर्तमान सरकारले दुई तिहाईको दम्ममा एकलौटी तरिकाले देशलाई नै धरापमा राखेर अगाडी बढेको आरोप लगाएका हुन् । देशको राष्ट्रियता नै खतरामा पर्ने बिबेक गुमाएर सरकार चलाउदा अर्थतन्त्र देखि विकास निर्माणका कामहरु समेत अलपत्रमा परेको प्रशंग उठाउदै नेता आचार्यले सस्था भन्दा ब्यक्ति बलियो हुने गरि सरकार चल्दा देश नवन्ने ठोकुवा गरेका थिए ।

काग्रेसलाई कसरी सत्तामा पु¥याउने भन्नेमा हामीहरुमा चिन्ता होईन चिन्ता त के मा हो भने लामो संघर्ष र वलिदानबाट आएको संविधान संकटमा पर्ने हो की भन्ने डर जनतामा सृजित भएकाले काग्रेस जनताको भावनालाई बुझेर देश जागरणको अभियानमा ज’टेको हो नकी सत्ताको लागि होईन नेता आचार्यको स्पष्ठ भनाई रहेको थियो ।

कास्की निर्वाचन क्षेत्र नं २ मा आगामी मंसिर १४ गते हुन लागेको संसदको उप निर्वाचनलाई समेत केन्द्रित गरि राखिएको कार्यक्रममा काग्रेसका आर्का केन्द्रिय सदस्य जिवन परियारले यो सरकारको कार्यसैली जन पक्षिय नभई कुशासन तर्फ उन्मुख भएकाले सडक देखि सदन सम्म विरोधका आवजहरु उठाउन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage