scheduleमगलवार आषाढ़ ३० गते, २०७७

सरकारले औषधि पसलहरुको अनुगमनमा कडाइ गर्ने

काठमाडौं, ८ असोज । सरकारले औषधि पसलहरुको अनुगमनको काममा कडाई गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले चिकित्सकहरुको सिफारिशविनै औषधि विक्री वितरणको काम भइरहेको उल्लेख गर्दै औषधि पसलहरुको अनुगमनको काममा कडाई गर्न लागिएको बताएका छन् ।  ‘वर्ल्ड फर्मासिष्ट डे’ को अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले औषधि पसलहरुको अनुगमन तथा त्यसका सामग्रीहरुको व्यवस्थापनका लागि सरकारले छुट्टै महाशाखा स्थापना गर्ने तयारी गरिरहेको पनि बताए ।

औषधि पसलहरुको अनुगमनको काम संघीय सरकार आफैले गर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै सो जिम्मेवारीबाट पन्छिन नमिल्ने पनि राज्यमन्त्री यादवको भनाई थियो ।

राज्यमन्त्री यादवले औषधि पसलहरुको अनुगमनमा उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबाट आवश्यक सहयोग पाउन नसकेको गुनासो पनि गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय