scheduleसोमवार आषाढ़ २९ गते, २०७७

थुनबर्गलाई ‘वैकल्पिक नोबेल पुरस्कार’ प्रदान गरिने

एजेन्सी, ८ असोज । स्विडेनकी वातावरण अभियानकर्ता ग्रेटा थुनबर्गलाई सन् २०१९ का लागि ‘राइट लाइभलिहुड अवार्ड’ प्रदान गरिने भएको छ ।

थुनबर्गसहित अन्य ४ जनालाई उक्त पुरस्कार प्रदान गरिने भएको हो । राइट लाइभलिहुड राइट फाउण्डेशनले बुधबार एक विज्ञप्ति जारी गर्दै थुनबर्गसहित ४ जनालाई पुरस्कार दिने जनाएको छ ।

‘वैज्ञानिक तथ्यलाई प्रतिबिम्बित गर्दै जलवायु परिवर्तनसम्बन्धी कदम तत्काल चाल्न प्रेरणा र जोड दिएकाले’ थुनबर्गलाई उक्त पुरस्कार दिने निर्णय भएको फाउण्डेसनको विज्ञप्तिमा उल्लेख छ ।

‘वैकल्पिक नोबेल पुरस्कार’ भनेर समेत चिनिने उक्त पुरस्कार थुनबर्गसहित ब्राजिलका आदिवासी नेता डाभी कोपेनावा, चिनकी महिला अधिकारीकर्मी तथा वकिल गुओ जिआनमेई र पश्चिम सहाराका मानवअधिकारकर्मी अमिनाटो हैदरलाई प्रदान गरिएको हो । पुरस्कार स्वरुप चारै जनालाई जनही १ लाख ३ हजार अमेरिकी डलर पाउने छन् ।

सोमबार संयुक्त राष्ट्रसंघमा बोल्दै १६ वर्षीय थुनबर्गले विश्व नेताहरुको आलोचना गरेकी थिइन् । सो क्रममा उनले गरेको भाषणबारे संसारभर चर्चा भइरहेको छ ।

यो पनि हेर्नुहोस् :

१६ वर्षीया बालिकाले यसरी थर्काइन् विश्वका नेताहरुलाई

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय