scheduleशनिवार फाल्गुन १७ गते, २०७६

चर्चिच हास्य कलाकार बेणु माधवको निधन

एजेन्सी, ८ असोज । चर्चित तेलुगु ‍हास्य कलाकार वेणु माधवको  निधन भएको छ । माधवको ३९ वर्षको उमेरमा निधन भएको हो।

कलेजो र मृगौलाको रोगबाट पीडित माधवको उपचार क्रममा निधन भएको हो । अवस्था गम्भीर बन्दै गएपछि हैदराबादस्थित अस्पतालमा मंगलबार माधवलाई अस्पतालमा भर्ना गरिएको थियो।

Dish_Home

वेणु माधवको जन्म आन्ध्र प्रदेशको नलगोन्डा जिल्लास्थित कोडाडमा भएको थियो। पछिल्लो समय तेलंगानाको सुर्यपेट जिल्लामा बस्दै आएका माधवले एक मिमिक्री कलाकारका रूपमा आफ्नो करिअर शुरू गरेका थिए। त्यसपछि उनले हास्य कलाकारका रूपमा फिल्ममा खेल्न सुरु गरेका थिए । माधवले अभिनय गरेको पहिलो तेलुगु फिल्म सम्परादयम १९९६ मा रिलिज भएको थियो।

त्यसपछि उनले तमिल र तेलुगु गरी झण्डै २०० फिल्ममा अभिनय गरेका छन्।  पछिल्ला केही सालदेखि वेणु माधवले राजनीतिमा पनि रुचि देखाए। उनले तेलुगु देशम पार्टीका लागि चुनाव प्रचार पनि गरेका थिए।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय